काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय पदाधिकारी र सदस्यहरू मनोनीत गरेका छन् ।
अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् ।
तीन वरिष्ठ उपाध्यक्ष पदमा कमलाकुमारी गुरुङ, रामनरेश राय यादव र सुमन सायमी मनोनीत भएका छन् ।
अध्यक्ष महतोले चार जनालाई उपाध्यक्ष तोकेका छन्।
महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार मेहता र अनिलकुमार महासेठले जिम्मेवारी पाएका छन् ।
महतोले दुई जना प्रवक्ता, सात जना सह महासचिव, सह कोषाध्यक्ष एक र सचिव पदमा सात जनालाई मनोनीत गरेका छन् ।









