२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन तथा ओसारपसारलाई विधेयकमा समेट्न माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा माइती नेपालले देशभित्र हुने आन्तरिक बेचबिखन तथा ओसारपसार एवं यौनजन्य हिंसा, बढ्दो यौन शोषण, यौन व्यवसाय (मुख्यतः नाबालक बालबालिकाको हकमा) समेटिनुपर्ने माग गरिएको छ । 

अधिवक्ता उमा तामाङले बेचबिखन तथा ओसारपसारकी कानुनी कारबाही अगाडि बढाउने काममा अनिवार्य रूपमा समावेश गरिनुपर्नेमा जोड दिइन् । उनले भनिन, “अपराध पीडित बालबालिकाका लागि दिइने सेवा सुविधा तथा संरक्षित सेवा केन्द्रलाई स्वतः बालमैत्री बनाउने विषयमा पनि यो ऐन मौन रहेकामा संशोधन विधेयकले केही हदसम्म यो विषयलाई सम्बोधन गरेको देखिन्छ तर अझै पनि स्पष्टता हुन आवश्यक छ ।”

माइती नेपालका उपनिर्देशक अच्युतकुमार नेपाले पीडितको अदालती बकपत्र थुनछेकसँगै अगाडि बढाइ पीडितको न्यायमा पहुँचको सुनिश्चितता सम्बोधन गर्नुपर्ने बताए । पीडित प्रभावितको संरक्षण, सुरक्षा र पारिवारिक पुनर्मिलन स्पष्ट रूपमा ऐनमा खुलाउनुपर्ने उनको भनाइ छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता अगावै पीडित तथा प्रभावितलाई मनोसामाजिक परामर्श प्रदान गरिनुपर्ने व्यवस्थालाई ऐनमा समावेश गर्नुपर्ने माइती नेपालको माग छ । 

समितिका सभापति किरणकुमार शाहले क्षतिपूर्तिको हकमा पीडितको मृत्यु भएमा निजको सन्तानले सहज रूपमा क्षतिपूर्ति पाउनुपर्नेलगायत व्यवस्थालाई विधेयकमा समेट्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद जावेदा खातुन जागाले गोपनीयता भङ्ग गर्ने सम्बन्धमा कानुनी कारबाहीको स्पष्ट व्यवस्था राख्नुपर्नेमा जोड दिए। यस्तै सांसद शान्ति श्रेष्ठले मानव बेचबिखनमा परेका पीडितको आर्थिक खर्च सरकारले व्यहोर्ने गरी विधेयक ल्याउनुपर्ने धारणा राखिन् ।