२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’सेवाको ‘सिफ्ट’ थपियो

अ+ अ-

म्याग्दी । म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई चरण (सिफ्ट)मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो । 

अस्पतालका प्रमुख चिकित्सक डा.रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन थालिएको जानकारी दिए। “यसअघि बिहान १०देखि राति १० बजेसम्म डाइलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,” उनले भने,“सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डाइलाइसिसगर्न पाउनुभएको छ ।”

थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतीक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा.प्रधानले बताए । उनीहरू हाल डाइलाइसिसका लागि बागलुङ, कुश्मा र पोखरा जाने गरेका छन् । डाइलाइसिसका लागि पालो कुरेर बस्ने मिर्गौला रोगसम्बन्धी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको अस्पतालका प्रमुख डा.प्रधानले बताए । 

विसं २०७७ देखि बेनी अस्पतालमा नि:शुल्क डाइलाइसिस सेवा सञ्चालन भएको थियो । अस्पतालमा पाँच ‘डाइलाइसिस मेसिन’ छन् । बेनी अस्पतालले डाइलाइसिस सेवा अवधि थप गरेपछि डाइलाइसिसका लागि पोखरा, बागलुङ र कुश्माको अस्पतालमा जाँदा हुने समय र खर्चको बचत भएको छ । मिर्गौलाका बिरामीले हप्तामा कम्तीमा दुईदेखि बढीमा चार पटक डाइलाइसिस गर्नुपर्छ । 

निजी अस्पतालमा एकपटक डाइलाइसिस गराउँदा यातायात, खानाबस्नसहित गरी एक पटकमा रु आठ हजार भन्दाबढी खर्च हुन्छ । गण्डकी प्रदेशमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रुपमासमेत चिनिन्छ । अस्पतालको सम्पर्कमा करिब ४० मिर्गौलाका बिरामी छन् ।