काठमाडौँ। राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कसले रोक्यो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै छानबिन समिति बनाउन सरकारले नमानेपछि थप आशंका पैदा गरेको बताए।
उनले भने, ‘कल्याण श्रेष्ठ वा सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति बनाऔँ। गल्ती गरेको छैन भने जसको अध्यक्षतामा जस्तोसुकै समिति बनाउँदा पनि के फरक पर्छ ?’
उनले छानबिन समिति नबनेसम्म बिना भत्ता बैठक निरन्तर बहिस्कार गरिराख्ने बताए।







