२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्याकुल माइलाको आत्मसम्मानमा चोट पुर्‍याउने काम भएको भन्दै सोबिताको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले राष्ट्रिय गानको सर्जक (प्रदीप राई–व्याकुल माइला) मै हुँ’ भन्दै एक व्यक्तिले गरेका क्रियाकलापप्रति सचेत हुन संसदीय समितिसमक्ष आग्रह गरेकी छिन् ।

शुक्रबार सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने क्रममा उनले व्याकुल माइला हुँ भनेर किताबहरू निकाल्ने, प्रपोजलहरू गर्ने र बजेटहरू निकासा पनि गरिएको कुराप्रति ध्यान दिन आग्रह गरिन् ।

सर्जक व्याकुल माइलालाई प्रहरीले नै ‘म होइन’ भनेर उजुरी दिनुस् भनेकोप्रति उनको आपत्ति थियो ।

‘नेपालको राष्ट्रिय गान जसले सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनुहुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उहाँलाई उजुरी हाल्नुस् भनेको रहेछ,’ सांसद गौतमले भनिन्, ‘सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’

शुक्रबार समितिको कार्यसूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतीकरण र छलफल हुने थियो ।

समितिमा संशोधनकर्ता समेत रहेकी सांसद गौतमले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएकी हुन् ।

राष्ट्रिय गानका रचयिता व्याकुल माइला बनेर उनको आत्मसम्मानमा चोट पुग्ने गरी व्याकुल माइला हुँ भनेर किताबहरू निकाल्ने, प्रपोजलहरू गर्ने र बजेटहरू निकासा पनि गरिएकोबारे उनले समितिमा ध्यानाकर्षण गराएकी थिइन् ।