काठमाडौँ। देशभरि तारे तथा पर्यटकीय स्तरका होटेल/रिसोर्ट संख्या ३ सय ४७ पुगेको छ ।
पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्यामा स्तरीय होटेल दर्ता तथा नवीकरण भएका छन् । यसरी खुलेको होटलररिसोर्ट बागमती प्रदेशमा केन्द्रित छन् ।
उता कर्णाली र सुदूरपश्चिममा आतिथ्य सेवाको लगानी दयनीय अवस्थामा देखिन्छ । कर्णालीमा २ सय ३९ वटा होटलररिसोर्ट दर्ता भएका छन् ।
तथ्यांक अनुसार देशभरि पाँचतारे होटेल संख्या २७ पुगेको छ । कर्णाली र सुदूरपश्चिममा अहिलेसम्म एउटा पनि पाँचतारे होटेल पुगेको छैन । कोशीमा १, मधेशमा १, बागमतीमा १९, गण्डकीमा २ र लुम्बिनीमा ४ वटा पाँचतारे होटेल रहेको विभागको तथ्यांक छ ।
गत आवमात्र ६ वटा पाँचतारे होटेल थप भएको तथ्यांकमा देखिन्छ । पाँचतारे डिलक्स होटेल संख्या ३ पुगेको छ । कोशीमा १ र बागमतीमा २ होटेल पाँचतारे डिलक्स स्तरका छन् । पाँचतारे लक्जरी बुटिक/हेरिटेज होटेल संख्या ३ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।
यसैगरी चारतारे होटेल संख्या देशभरि ४० छ । सबै प्रदेशमा चारतारे होटेल विस्तार भएका छन् । कर्णाली र सुदूरपश्चिममा १र१ वटा चारतारे होटेल छन् । कोशीमा २, मधेश ३, बागमती १०, गण्डकी ७ र लुम्बिनीमा १६ वटा चारतारे होटेल खुलेका छन् । चारतारे डिलक्स/हेरिटेज होटेल संख्या ४ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।
तीनतारे होटेल संख्या ३७ पुगेको छ । यसमध्ये कोशीमा २, मधेश २, बागमती २८, गण्डकी २ र लुम्बिनीमा ३ होटेल छन् । दुईतारे होटेल ४९ छन् । कोशीमा १, मधेश ४, बागमती ३३, गण्डकी ८, लुम्बिनीमा ३ वटा दुईतारे होटेल छन् ।
त्यस्तै एकतारे होटेल ४४ वटा पुगेका छन् । तीमध्ये कोशीमा २, मधेश २, बागमती ३१, गण्डकी ३, लुम्बिनी ३ र सुदूरपश्चिममा ३ वटा एकतारे होटेल रहेको तथ्यांक छ ।
यसैगरी साधारण रिसोर्ट संख्या १ सय २७ छ । जसमध्ये बागमतीमा १ सय, कोशी ४, गण्डकी १९ र लुम्बिनीमा ४ वटा छन् । डिलक्स रिसोर्ट ९ छन् । बागमतीमा ५, गण्डकी ३ र लुम्बिनीमा १ छन् ।
लक्जरी रिसोर्ट ३ रहेकोमा सबै बागमतीमा छन् । तीनतारे स्तरका नर्मल हेरिटेज बुटिक होटेल संख्या एउटा छ । जुन बागमती प्रदेशमा छ । यस प्रकार स्तरीय होटेल कोशीमा १३, मधेश १३, बागमती २ सय ३९, गण्डकी ४४, लुम्बिनी ३४, कर्णाली १ र सुदूरपश्चिममा ४ वटा रहेको विभागको तथ्यांक छ ।







