२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको जागरण अभियान २२ गते लमजुङबाट सुरु हुने

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मध्य पहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान फेरि थाल्ने भएको छ। हालै बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार भदौ २२ गते लमजुङबाट अभियान सुरु गर्न लागिएको महासचिव देव गुरुङले बताए।

महासचिव गुरुङले अभियानको कार्यतालिका पनि तय भइसकेको बताए । उनका अनुसार भदौ २१ गते बेलुका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली लमजुङ बास बस्ने, २२ गते लमजुङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका गोरखा बास बस्ने, २३ गते गोरखा खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका धादिङ बास बस्ने गर्ने तय भएको छ।

यस्तै, भदौ २४ गते धादिङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका नुवाकोट बास बस्ने र २५ गते दिनभर नुवाकोट खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका काठमाडौँ फर्कने तय भएको उनले बताए। उनका अनुसार बाँकी जिल्लाहरूको कार्यक्रम पछि तय गरिनेछ।

सबै जिल्लाहरूमा एक–एक सार्वजनिक संवादको कार्यक्रम र एक/एक आन्तरिक संगठनात्मक तथा प्रशिक्षण मूलक कार्यक्रम गर्ने, सार्वजनिक कार्यक्रमहरूमा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागितालाई जोड दिने निर्देशन दिएका छन्।

अभियानमा ‘प्रचण्ड’सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टी उपाध्यक्ष र महासचिव रहनेछन्। माओवादीले तराई मधेस जागरण अभियानपछि मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान थालेको थियो। अहिले वर्षाको कारणले केही समय रोकेर फेरि सुरु गर्न लागेको हो। अभियानले पार्टीप्रति आकर्षण बढेको माओवादीको निष्कर्ष छ।

यसअघि माओवादीले अभियानमा उपमहासचिव तहसम्मका पदाधिकारीलाई अभियानमा समेटेको थिए। तर, अहिले प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहेको बेलामा अभियानमा महासचिवसम्म मात्रै सहभागी हुन सर्कुलर गरिएको छ।