२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइती नेपालद्वारा एक वर्षमा १८ जनाको उद्धार

अ+ अ-

काठमाडौँ । मानव बेचबिखनविरुद्ध पूर्वीनाकामा सक्रिय माइती नेपालले एक वर्षमा हराएकामध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो ।

माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला पारिएको जानकारी दिए। उनका अनुसार दुई जना नेपालभित्रै फेला परेका हुन् । 

पूर्वीनाका काँकडभिट्टामा निगरानी गर्दै आएको माइती नेपालले मानव बेचबिखनको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

आव २०८०/८१ मा ६२ हराएको निवेदन आएकामा १६ जना भेटिएका कार्यालयले जनाएको छ । भारततर्फ जोखिमपूर्वक जान लागेका एक सय ६८ जनालाई सो अवधिमा सीमाबाट फर्काइएको थियो । 

“वैदेशिक रोजगारी र विवाहको नाममा परिवारलाई थाहै नदिई भारत जानेहरू हराएको भनेर आफन्तले भन्ने गर्नुहुन्छ”, प्रमुख घिमिरेले भने, “हराउनेहरू अधिकांश महिला हुने गरेका छन् । खोज्दै जाँदा कतिपय मानव बेचबिखन गर्ने गिरोहको सिकार भएको पाइन्छ भने कतिपय अलपत्र परेर भौँतारिरहेका अवस्थामा भेटिनुहुन्छ ।” भेटिएका व्यक्तिलाई अभिभावकले कार्यालयमा आएर जिम्मा बुझेर लैजाने गरेका उनले जानकारी दिए। 

परिवारबाट बिरक्तिएर जानेहरू भारततिरै रोजगारी गरेर लुक्ने र कतिपयले नयाँ घरजम गरेर बस्ने भएकाले हराएकामध्ये धेरैजसो नभेटिएका घिमिरेको भनाइ छ । उनका अनुसार माइती नेपालद्वारा पूर्वीनाका काँकडभिट्टामा तैनाथ गरिएको टोलीले भारततर्फ जान लागेका संदिग्ध बालबालिका, किशोरी र महिलाको नियमित निगरानी गर्दै आएको छ । 

आव २०८१/८२ मा जोखिममा परेर भारत जान लागेका एक सय ५८ जनालाई संस्थाले सम्झाई बुझाइ नाकामा रोकेर घर फर्काएको छ । नाकाबाट लुकीछिपी गएका चार जनालाई भारतबाट उद्धार गरेर ल्याइएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए । 

उनका अनुसार विगतको तुलनामा पूर्वीनाकामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीको निगरानी कडा रहेको छ । चेलीबेटी बेचबिखन रोकथामको क्षेत्रमा काम गर्दै आएका माइती नेपालसहित सरोकार भएका संघ-संस्थाले सुरक्षा निकायसँग सहकार्य गरिरहेका उनले जानकारी दिए ।

पूर्वीनाकामा कडाइ भए पति मानव बेचबिखनमा सक्रिय बिचौलियाहरूले झापाको सीमावर्ती गौडा र सहायक मार्गहरू प्रयोग गर्न थालेको घिमिरेले बताए । दक्षिणका भेगका गौरीगञ्ज, कचनकवललगायत ग्रामीण क्षेत्रका सडक प्रयोग गरेर मानव तस्करीका गतिविधि हुनसक्ने भएकाले स्थानीयले  चासो बढाउनुपर्ने उनले उल्लेख गरे । स्थानीय सचेत भई कसैमाथि संका लागेमा तत्काल प्रहरी वा सरोकार भएका निकायमा जानकारी गराउन उनले अनुरोध गरे ।

आव २०८१/८२ मा माइती नेपालको काँकडभिट्टा कार्यालयले दुई वटा बलात्कार र सात वटा घरेलु हिंसाका घटना सम्बन्धित निकायमा दर्ता गराएको छ । आव २०८०/८१ मा दुई वटा बलात्कार र १४ वटा घरेलु हिंसाका घटना दर्ता भएका कार्यालयले जनाएको छ ।