काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेन जेड पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुनः अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्।
‘देश तपाईँहरूकै हातमा हो। तपाईँहरूले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईँ हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’
यसअघि डा। सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाहरूले पनि आन्दोलनसामु सरकारले घुँडा टेकिसकेकाले आन्दोलन रोक्न अपिल गरेका थिए।







