२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानभित्रबाट समाधान खोज्नुपर्छ’ : वरिष्ठ नेता गौतम

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान गर्न संविधानलाई नै मार्गदर्शकका रूपमा लिनुपर्ने बताएका छन् । 

उनले आज एक सन्देश जारी गर्दै राज्यका सबै संरचना अस्तव्यस्त भएको अहिलेको अवस्थामा संविधानभन्दा बाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने उल्लेख गरे । 

राजनीतिक पार्टी अहिले उपरोक्त राज्य शक्तिभन्दा पछाडि परेको जटिल अवस्थाबाट देशलाई आवश्यक दिशानिर्देश गर्ने मुख्यतः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीको जिम्मेवारी भएको उल्लेख गर्दै नेता गौतमले नेपाली भूमिको रक्षा, जनताको रक्षा, आफ्नो सार्वभौमिकताको रक्षाका निम्ति आग्रह गरे । 

मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम गर्न सबै संवेदनशील हुनुपर्नेमा जोड दिँदै उनले भने, “जब राज्य कमजोर हुन्छ सबै आधार कमजोर हुन्छन्, त्यस्तो अवस्थामा कि राज्य टुक्रिन्छ कि देश विदेशीको कब्जामा जान्छ ।”

नेता गौतमले जनताको आर्थिक विकास तथा समृद्धिको चाहना तथा ऐतिहासिक जिम्मेवारी पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती गर्न नहुने बताएका छन् ।