काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्तमान परिस्थितिको निकास संविधानको मर्मअनुरूप निष्कर्ष खोज्नुपर्ने बताएका छन् ।
घटनाक्रमपछि जेनजी पुस्ताका प्रतिनिधिसँग राष्ट्रपति र प्रधानसेनापतिले वार्ता गरिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै जेनजी पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ ।’
आजलाई मात्रै होइन भोलीलाई समेत ध्यानमा राखेर विवेक, धैर्य र संयमका साथ अघि बढ्नु जरुरी रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘फेरी पनि समाधान संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम क्षति नपुग्ने गरी संविधानको मर्म अनुरूप निष्कर्ष खोज्नु नै उपयुक्त हुन्छ ।’







