२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्राउ परे कैलाली कारागारबाट भागेका २५ कैदी बन्दी

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले विभिन्न स्थानबाट २५ जना कैदीबन्दीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबारसम्म पक्राउ परेका उनीहरूलाई कारागार पठाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये तीन जना कैदीबन्दी भने आफैँ प्रहरीको सम्पर्कमा आएका थिए ।

यसैबीच, जिल्ला कारागार कैलालीले कैदी बन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

कारागार प्रशासक चिरञ्जीवी सापकोटाले सूचना जारी गर्दै कारागारको बन्दी गृहबाट भागेका कैदीबन्दीलाई अविलम्ब सम्पर्कमा आउन भनेका छन् ।

‘कारागार व्यवस्थापन विभागको मिति २०८२/०५/२६ गतेको सूचना अनुसार यस कारागार कार्यालय, कैलालीबाट मिति २०८२।०५। २४ गते बन्दी गृहबाट बाहिर निस्किएका कैदी बन्दीहरू अविलम्ब कारागार कार्यालय, कैलाली वा नजिकैको प्रहरी कार्यालयको सम्पर्कमा आउन हुन यो सूचना जारी गरिएको छ। अन्यथा कारागार ऐन अनुसार भइजाने ब्यहोरा समेत सबैमा जानकारी गराइन्छ,’ सूचनामा छ ।