काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले २४ भदौ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।







