जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा र वन मन्त्री संजय कुमार यादवले पदबाट राजीनामा दिएका छन्।
उनीहरूले भदौ २४ गते मुख्यमन्त्री सतीश कुमार सिंहलाई राजीनामा पत्र बुझाएका थिए। जनमत संसदीय दलले मुख्यमन्त्री र मन्त्रीहरू फिर्ता नलिने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख र सभामुखलाई पठाएको छ।
गौरतलब छ कि जिएनजी आन्दोलन चर्किँदा मुख्यमन्त्री सतीश कुमार सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए, तर पछि उनले राजीनामाको कुरा फेरेका थिए। औपचारिक राजीनामा नदिएको अवस्थाले गर्दा जनमत संसदीय दलले आफ्नो निर्णय सार्वजनिक गरेको हो।







