२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

अ+ अ-

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु. ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु. ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको बताए । “साउन महिनामा कार्यालयले रु. १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो”, उनले भने, “जेन जेड समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व संकलन ठप्पजस्तै हुँदा पनि राजस्व संकलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेका छौँ ।”

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु. दुई अर्ब ३७ करोड राजस्व संकलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते रु. एक खर्ब ९२ करोड राजस्व संकलन गरेको छ । त्यस्तै भदौ २८ गते रु. एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु. एक अर्ब ११ करोड राजस्व संकलन गरेको छ । त्यस्तै जेन जेड समूहको प्रदर्शनका दिन भदौ २४ गते रु. तीन करोड, भदौ २५ गते भने शूल्य राजस्व संकलन भएको छ ।

त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु. ११ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु. १८ अर्ब ४४ करोड राजस्व संकलन गर्‍यो भने भदौ महिनामा भने रु. २० अर्ब १२ करोड राजस्व संकलन गरेको छ ।