२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री घिसिङ भने : ‘मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ’ 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।

शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

मन्त्री घिसिङले मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताए ।

‘सरकारले आफूले गर्नुपर्ने कामहरू अगाडि बढाइसकेको छ । अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ । मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ,’ उनले भने ।

मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम सुरु गरिसकेको पनि जिकिर गरे ।

‘सरकारले सरसफाइको काम आ आफ्नो मन्त्रालयमा सुरु गरिसकेका छौँ । भोलेन्टियर साथीहरू पनि आउनुभएको छ । उहाँहरूलाई पनि हामीसँगै लिएर जान्छौँ,’ मन्त्री घिसिङले भने, ‘विभिन्न संघ संस्थाका साथीहरू पनि आउने अवस्थामा हुनुहुन्छ । उहाँहरू सबैलाई पनि आह्वान गर्दछौँ ।’