काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्डमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।
दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
ठूलो पहिरो खसेकाले तत्काल पन्छाउन नसकिने देखिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ सवा ७ बजेतिर तुइनखोलामा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।







