काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केही बेर अगाडि सुरु भएको हो । बैठकको सुरुवातमा जेन जेड आन्दोलनमा ज्यान गुमाउने सहिदहरू प्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको छ।
बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा रहेको रास्वपाले जनाएको छ ।







