२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलन: क्षति छानबिनका लागि गठित जाँचबुझ आयोग राजपत्रमा प्रकाशित, यस्तो छ कार्यादेश

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको संरचना, कार्यादेश, कार्यदिशा, कार्यप्रणाली, जनशक्ति तथा सेवा–सुविधासम्बन्धी विवरण राजपत्रमा प्रकाशित भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्‌ बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।

कार्की नेतृत्वको आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी सदस्य रहेका छन् । आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ ।

आयोगका अध्यक्षलाई नेपाल सरकारको मन्त्री सरहको सुविधा, सदस्यहरुलाई राज्यमन्त्री सरहको सुविधा, र आयोगको सचिवालयमा कार्यरत कर्मचारीलाई २५ प्रतिशत भत्ता प्रदान गरिने व्यवस्था गरिएको छ ।

आयोगको सचिवालयमा सहसचिवसहित सात जना कर्मचारी रहने व्यवस्था छ ।