काठमाडौँ । नेपाल प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै १५ सय ९४ जना प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।
जनपद प्रहरी जवानतर्फ एक हजार पाँच सय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिन सक्नेछन् ।











