२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएकालाई सहयोग सामग्री

अ+ अ-

लम्की (कैलाली) । कैलालीका तीन पालिकामा रहेका ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि सहयोग सामग्री वितरण गरिएको जनाइएको छ । 

अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी १६ प्रकारका ९२ वटा सामग्री वितरण गरिएको हो । जसमा लम्कीचुहा नगरपालिकामा १८ जनालाई २४ प्रकारका सहयोग सामग्री, जानकी गाउँपालिकामा २६ जनालाई ३९ प्रकारका र टीकापुर नगरपालिकामा २४ जनालाई २९ प्रकारका विभिन्न सहयोग सामग्री वितरण गरिएको हो ।  

कूल रु १३ लाख ५१ हजार ८४० बराबरको सहयोगी संस्थाको बजेटमा ह्विलचियर, कुर्सी, ट्वाइलेट चियर, कृत्रिम खुट्टा, कृत्रिम औलालगायतका १६ प्रकारका सहयोग सामग्री वितरण गरिएको गुडनेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक अरुण चौधरीले जानकारी दिएका छन् । 

गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत उक्त सहयोग सामग्री वितरण गरिएको हो । 

जानकी गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न र कार्ड वितरणका लागि टीकापुर अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर महिनाको एक पटक परिचयपत्रको लागि प्रक्रिया सुरु गर्ने पालिका अध्यक्ष गणेश चौधरीले बताए। उनले भने, “मानिसको जीवन सहज कसरी बनाउने कुरा हो । विभिन्न अपाङ्गता भएकालाई सहज जीवनयापन जीउनको लागि सक्दो सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।”

सहयोग सामग्री पाएपछि अपाङ्गता भएका बालबालिका तथा उहाँहरूका अभिभावक समेत खुसी भएका थिए । जानकी–७ का अपाङ्गता भएका रामु थारू आफू कृत्रिम खुट्टा पाएपछि हिँडडुल गर्न समेत सहज भएको बताए । उनले चार वर्ष अघि घर निर्माणमा मजदुर काम गर्ने क्रममा पर्खाल भत्किदा खुट्टा गुमाएका थिए ।