२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो  

अ+ अ-

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

आज जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम विमानस्थलमा हवाई मार्गबाट आउने विदेशी यात्रुलाई बाजागाजासहित स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिए। एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको समन्वय तथा सहकार्यमा पर्यटन दिवस मनाइएको उनले बताए। 

पर्यटन दिवसका अवसरमा इन्द्र बक्स गणका कलाकारले बाजागाजासहित हवाई मार्गबाट जोमसोम आइपुगेका पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले उल्लेख गरे। हवाई यात्रुलाई यहाँस्थित पुथाङ आमा समूह, जोमसोम महिला समूहका पदाधिकारी, सदस्यलगायतले खादा र फूल अर्पण गरी स्वागत गरेका हुन् । 

दिवसका अवसरमा पर्यटकसँग संवाद, मुस्ताङका सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइएको थियो । एक्याप जोमसोमले म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका-४ घाँसास्थित एक्याप चेक पोष्टमा सडक मार्गबाट मुस्ताङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको थियो । 

एक्यापका प्रतिनिधि, आमा समूह, जनप्रतिनिधिलगायतले पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले बताए। पर्यटन दिवसका अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङमा पनि विदेशी पर्यटकका लागि स्वागत कार्यक्रम आयोजना गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। 

उनका अनुसार कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी, नागरिक, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत सहकार्य र समन्वय गरेका छन् । स्वागत कार्यक्रममा पर्यटकलाई न्यानो आतिथ्यता प्रकट गर्दै उपल्लो मुस्ताङको पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराइएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे ।

गत भदौ २३ र २४ गतेको जेन जेड प्रदर्शनका कारण प्रभावित बनेका यहाँका पर्यटन व्यवसायीमा पर्यटनको आगमन हुन थालेसँगै पुन: चलायमान हुनेमा आशावादी बनेका छन् । प्रतिकूल मौसम र जेन जेड प्रदर्शनका कारण यहाँका पर्यटन व्यवसाय सुस्ताइरहेका अवस्थामा शुक्रबारदेखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएको छ । आज समिट एयरलाइन्सको जहाजले तेस्रो मुलुकका पर्यटक बोकेर तीन वटा उडान भरेको एयरलाइन्सका स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिए। 

यहाँ आइपुगेका विदेशी पर्यटकलाई स्थानीय पर्यटन व्यवसायी र सरोकार भएकाहरूले विमानस्थलमा बाजागाजासहित स्वागत गरेका उनको भनाइ छ । मुस्ताङमा हवाई सेवा सुरु भएकाले पर्यटन व्यवसायीमा आशाको सञ्चार पलाएको उनले उल्लेख गरे।