२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 होटेल संघले भन्यो : ‘घुम्न-बस्न पोखरा सुरक्षित छ’

अ+ अ-

काठमाडौँ । होटेल संघ पोखरा नेपालले देश विदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ। जेन जेड आन्दोलनपछि पनि पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तम तयार रहेको सन्देश प्रवाह गरेको हो।

नेपालीको घर आँगनमा भित्रिएको दसैँ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका संचारकर्मीमार्फत् पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो।

कार्यक्रममा छोटो मन्तव्य राख्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन जेड आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरू सबै पर्यटकीय संरचना यथावत् र सेवा दिने अवस्थामा रहेको जानकारी गराए। 

‘हामीसँग एक हजार दुई सय होटेलमा ४० हजार बिस्तारा छन्’, उनले भने-सयौँ रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन।

मुख्य पर्यटकीय मौसमको मुखैमा आएर जेन जेड आन्दोलन हुँदा पर्यटन उद्योग नकारात्मक रूपमा प्रभावित भए पनि यो बिस्तारै पुरानै लयमा फर्कने आसा व्यवसायीहरूले व्यक्त गरेका छन्। होटेल क्षेत्रमा मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवाहरूमा समेत व्यवसायीहरू भारी छुट दिएर पाहुनालाई स्वागत गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताएका छन्।

काठमाडौँ, चितवन र बुटवल लगायतका शहरबाट पोखरा जोडिने सडकहरू सुरक्षित र चुस्त रहेको स्मरण गराउँदै सुवेदीले काठमाडौँबाट अहिले पाँचै घण्टामा सडक मार्गबाट पोखरा आउन सकिने बताए। राति अबेर हवाई सेवा मार्फत पोखरा पुग्ने चाहना राख्ने पर्यटकले समेत त्यस्तो सुविधा पाउने अवस्था रहेको उनले बताए।

अहिले चाडबाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरू पोखरा घुम्न आउनेमा आफूहरू आशावादी रहेको सुवेदीले सुनाए। आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिको क्रममा पोखराको पर्यटन शून्यमा पुगे पनि आफूहरू पुनः उठ्नेमा विश्वस्त रहेको उनले बताए।

‘विभिन्न विपत्ति र अप्ठ्याराहरू सामना गर्दै, पुनः उठ्दै हामी आएका छौँ,’ एक भिडियो सन्देशमा सुवेदीले भनेका छन्, यो पटक पनि हामी पुनः उठ्ने छौँ। अहिले पोखराका होटेलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी पनि संघका तर्फबाट दिइएको छ।