२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय चलचित्र दिवस’ देशव्यापी मनाइँदै

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले असोज १५ गतेका दिनलाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा गरेसँगै चलचित्रकर्मीहरू खुसी साटासाट गरी देशव्यापीरुपमा सो दिवस मनाइरहेका छन् ।

विसं २०२२ असोज १५ गते पहिलो पटक नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको ऐतिहासिक दिनलाई स्मरण गरी चलचित्र दिवस मनाउने निर्णय भएको सन्दर्भमा आज देशभरका चलचित्रकर्मीले उत्सवका रूपमा सो दिवस मनाइएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

उनले भने, “यस विशेष दिनको ऐतिहासिक पक्षलाई दृष्टिगत गरी हरेक वर्ष असोज १५ गतेका दिन चलचित्र दिवस मनाउने प्रस्ताव गरेका थियौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो प्रस्तावलाई स्वीकार गरी मन्त्रिपरिषदबाट निर्णय भएसँगै आधिकारिकरुपमा चलचित्र दिवस मनाइरहेका छौँ ।”

“यसवर्ष बडादसैँको अवसर परेकाले औपचारिक कार्यक्रम गर्न नसकिए पनि चलचित्रकर्मीले ‘भर्चुअल’ माध्यमबाट यस दिवसको उपलक्ष्यमा खुसियाली साटिरहेका छौँ । सामाजिक सञ्जालमा चलचित्रकर्मीले आजको दिन आफ्ना लागि विशेष रहेको सन्देश प्रवाह गरिरहेका छन् । योसँगै ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुनलाई पहिलो नेपाली चलचित्र मान्ने भन्ने लामो समयदेखिको अन्योल टुंगीए्को छ ।” अध्यक्ष डिसीले भने । 

आजकै दिनदेखि नेपाली चलचित्रले छ दशकको यात्रा पार गरेको छ । पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, माओवादी सशस्त्रद्वन्द्व हुँदै विद्यमान डिजिटल युगसम्म आइपुग्दा नेपाली चलचित्र अभूतपूर्व विकासको साक्षी बनेको छ ।

विसं २०३६ पछि निर्माण भएका चलचित्रहरू ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘वासुदेव’, ‘साइनो’ले चलचित्र निर्माणको गतिलाई अघि बढाएको छ । सूचना प्रविधिको चमत्कारिक विकास तथा विस्तार भइरहेको अवस्थामा विसं २०६३ मा तत्कालीन द्वन्द्वरत माओवादी पक्ष शान्ति पक्रियामा आएसँगै  नेपाली चलचित्रले ‘सेलुलोइड’ प्रविधिबाट ‘डिजिटल’ प्रविधिमा फड्को मारेको थियो । प्रविधिको विकासका कारण अहिले नेपालमा मात्र नभई विश्वभर नेपाली चलचित्र एकसाथ  प्रदर्शन गर्न सम्भव भएको छ ।