२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अञ्जिला सुब्बाले फेरि भारतीय लिग खेल्ने

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। 

क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दै छिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३(०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान नै थिइन्।

पछिल्लो सिजन भने उनले युरोपेली लिग खेलेकी हुन्। युरोपेली लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रीसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन्। 

यसपटक विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट एएफसी महिला च्याम्पियन्स लिगको छनोट खेल पनि खेल्न भ्याइन्। तर, ताजकिस्तानमै रहँदा सम्झौता गर्न नपाएपछि उनी आधा सिजनपछि मात्रै युरोपेली लिगको लागि आबद्ध हुने तरखरमा छिन्। 

‘युरोपबाटै खेल्ने अवसर पनि आएको थियो। तर, ताजकिस्तानमा हुँदा सम्झौता गर्न पाइन्,’ अञ्जिलाले भनिन्, ‘तत्काललाई सेथुबाट भारतीय लिग खेल्छु। मध्यसिजनमा पुनः युरोपेली क्लबसँग नै जोडिन्छु।’

यसअघि अञ्जिलाले पाकिस्तानी टिम मासा युनाइटेडबाट पनि खेलेकी थिइन्। अञ्जिलाले हालसम्म देशको लागि ५७ खेल खेलिसकेकी छन्। उनी देशको लागि सर्वाधिक खेलमा आर्म ब्यान्ड लगाउने खेलाडी पनि पर्छिन्। 

नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्व विजेता इष्ट बंगालसहित आठ टिम सहभागी हुँदै छन्। भारतीय लिग हालसम्म गोकुलम केरेलाले सर्वाधिक ३ पटक जितेको छ।