काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षा रोकिएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अहिले बिहान उपत्यकामा मधुरो घाम लागेको छ।
हिजोको भारी वर्षा र बाढीका कारण विस्थापित भएका स्थानीयवासीहरू आ–आफ्नो घर फर्कन थालेका छन्। डुबानमा परेका घर तथा पसलहरू सफा गर्ने कार्य जारी छ।
बागमती नदीको सतह बढ्दा विशेष गरी सुकुम्वासी बस्तीका बासिन्दाहरू विस्थापित भएका थिए। बल्खु, कुलेश्वर लगायत क्षेत्रका तरकारी बजारबाट सामानहरू हटाइएको थियो।
कुलेश्वर क्षेत्रको डुबान प्रभावित स्थानमा रातभर डुंगा प्रयोग गरेर स्थानीयहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। सुरक्षाकर्मीहरू अहिले पनि उद्धार तथा सरसफाइमा खटिएका छन्।
मौसमविद्हरूका अनुसार अब काठमाडौं उपत्यकामा ठूलो वर्षा हुने सम्भावना छैन।







