२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैस्तरका पार्टी कार्यालयमा हेल्प डेस्क राखेर विपद् व्यवस्थापनको काम गर्दै माओवादी

अ+ अ-

काठमाडौँ। नेकपा माओवाद केन्द्रले पार्टीका सबै पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काम गर्ने भएको छ ।

आइतबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काममा खटिन प्रदेश अध्यक्षहरूमार्फत सबै पार्टी कमिटीलाई निर्देशन दिएका हुन् ।

‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव  गोविन्द आचार्यका अनुसार प्रचण्डले पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुन:स्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुन: निर्देर्शित गरेका हुन् ।

‘सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष हेल्प डेस्क स्थापना गरी उद्दार, राहत र पुन:स्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्नुभएको छ।’ आचार्याले जानकारी दिए ।

यसअघि ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत पार्टी सम्पूर्ण नेता–कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन जारी गरेका थिए ।

पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग वाइसिएलका कार्यकर्ताहरू विपद प्रतिकार्यमा खटिइसकेको उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘म पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ–सहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न विशेष आह्वान गर्दछु ।’

मुलुकले सामना गरिरहेको यो विशेष विपद्–परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्न प्रचण्डको विशेष अनुरोध छ । सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई समेत आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको अपिल छ ।