२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री घिसिङको दाबी : ‘बीपी राजमार्ग ३-४ दिनभित्रै सञ्चालन गर्छौँ’

अ+ अ-

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताएका छन् । 

आइतबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

घिसिङले भने, ‘बीपी राजमार्गको नेपाल थोकको अवरुद्ध सडकलाई तत्कालै खोल्नेछौँ । काम सुरु गरिसकेका छौँ । तीन/चार दिनभित्रमा खोल्ने कुरा भएको छ । त्यो भन्दा छिटो सडक खोल्नेछौँ ।’

यातायात सुचारु गराउन काम अगाडि बढाइसकेको समेत उनले जानकारी दिए । साथै पूर्वका सडकहरूमा सबैभन्दा बढी क्षति भएकाले यसबारे मन्त्रालयले निर्माणको कार्य सुरु गरिहाल्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

तत्कालका लागि बीपी राजमार्ग अवरुद्ध रहेकाले वैकल्पिक बाटोहरू प्रयोग गर्न समेत उनको आग्रह छ । साथै मन्त्री घिसिङले यस वर्षको मनसुनजन्य जोखिम टरेको बताए ।