काठमाडौँ । सुदन गुरुङसहितको जेनजेड समूह अहिले पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ।
समूहले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूलाई पक्राउ गर्न माग गरेको हो।
मंगलबार अपराह्न जेनजेड समूहले माइतीघरमा केही शीर्ष नेताहरूको पक्राउ माग गर्दै ब्यानर टाँस्दै विरोध प्रदर्शन गरेको थियो।
उनीहरूले जेनजेड आन्दोलनमा दमनकारी भूमिका निभाएको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्।







