काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
काँग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक बोलाएको जानकारी गराए । बैठक बोलाइएको स्थान भने खुलाइएको छैन।
२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा बारे छलफल हुने ती पदाधिकारीले जानकारी गराएका छन् ।
दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) देउवा र उनको पत्नी आरजु राणा देउवा माथि कुटपिट भएको थियो ।
सेनाको सुरक्षामा देउवा दम्पतीले उपचार गराएका थिए । उपचारपछि फर्केर देउवा दम्पती बसेको स्थान हालसम्म जानकारी गराइएको छैन ।







