२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री घिसिङद्वारा टीयू क्रिकेट मैदानको अवलोकन, चाँडो काम सक्न निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

टीयू क्रिकेट स्टेडियमलाई सबैले महत्त्वका साथ हेरिरहेको भन्दै चाँडोभन्दा चाँडो काम सकेर ह्यान्डओभर गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

सरसर्ती हेर्दा निर्माण सम्पन्न हुने चरणमा काम भएको आफूले पाएको र क्वालिटीका कामबारे भने प्राविधिक टिमले हेर्ने उनको भनाइ छ ।

क्रिकेट मैदान निर्माणको काम अगाडि बढाउन अर्थ मन्त्रालयले पनि सहयोग गर्ने मन्त्री घिसिङको भनाइ छ ।

क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने भन्दै उनले सेकेन्ड फेजको काम पनि चाँडै अगाडि बढाउने बताए ।

बिडिङ प्रोसेसमा लगेर यसलाई छिटोभन्दा छिटो कम्प्लिट गरेर देशको एउटा राष्ट्रिय महत्त्वको क्रिकेट स्टेडियम बनाउने उनले बताए ।

नेपालभित्रै अन्तर्राष्ट्रिय क्रिकेटहरू सञ्चालन गर्न सक्ने स्थितिमा पुर्‍याउने एकदमै आवश्यक रहेको उनको भनाइ छ । यसमा क्रिकेट संघ पनि लागि रहेको उनले बताए ।

एनपीएल सञ्चालन हुनुभन्दा अगाडि गर्नुपर्ने सबै कामहरू सकाउन उनले सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

उनले भने, ‘नेपालको यो पहिलो प्राथमिकताको नयाँ स्टेडियम हो । हामीले खेलका धेरै पूर्वाधारहरू बनाउनुपर्ने छ । अरू पनि पूर्वाधारलाई हामीले प्राथमिकतामा राखेर काम अगाडि बढाउनु पर्नेछ ।’

नेपाली युवा खेलाडीहरूको चाहना अनुसार जुन सुकै सरकार आए पनि खेलकुदलाई प्राथमिकतामा दिनुपर्ने उनले बताए । यो सरकारले पनि प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।

गत फागुनदेखि यस क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको हो ।

२० फागुनदेखि सुरु भएको निर्माण कार्य २४ वैशाखभित्रै सक्ने भनिए पनि समयमा काम सम्पन्न हुन सकेन । समय थप गरेर अहिले निर्माणको कामलाई तीव्रता दिइएको छ ।