२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन जोशी

अ+ अ-

काठमाडौँ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।

यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपिन जोशीको नाम पनि उल्लेख गरेको छ । 

शुक्रबारदेखि सुरु भएको युद्ध विरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने दिशामा छ। उक्त आक्रमणमा करिब एक हजार २०० जना मारिएका छन् भने २५१ लाई अपहरण गरिएको थियो। युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ। दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान छ । हालै भएको हमास-इजरायल युद्ध विरामसँगै बन्धकहरू रिहा हुँदै छन् । त्यसै क्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको छ ।

अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो । उनको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिलसमेत गरेको थियो ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्ध विराम योजना प्रस्ताव गरेका थिए । त्यसैअनुसार सम्झौता कार्यान्वयनको चरणमा छ । युद्ध विराम सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा हुनेछन् ।

बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो।