१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी राष्ट्रपति चीनमा, राष्ट्रपति सिसँग भेटवार्ता हुने

अ+ अ-

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङ र उनका रुसी समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।

शुक्रबारै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुगेका हुन् । दुई नेताबीच अमेरिकासँगको कूटनीतिक सम्बन्ध र आर्थिका चुनौतिको विषयमा वार्ता हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि सो भेटवार्तामा हुने भनिएका कुराकानीका बारेमा भने केही बाहिर आएको छैन । केही समाचारहरुमा भने आगामी मङ्गलबार सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको शिखर वार्ताको विषयमा सो बैठकमा कुराकानी हुने बताइएको छ ।

चौथो कार्यकालको लागि गत मार्चमा निर्वाचित पुटिन ‘ग्रेट हल अफ द पिपुल्स इन बेइजिङ्’ पुगी राष्ट्रपति सिसँग वार्ता गर्नु हुने बताइएको छ ।

पुटिनलाई राष्ट्रपति हुन पाउने कार्यअवधि भन्दा पनि बढी समयसम्म राष्ट्रपति हुन पाउने प्रावधानबमोजिमको कानुन बनाएर सो पदमा पुग्न सफल नेताको रुपमा हेरिन्छ ।

उनको स्वागत कार्यक्रममा दुबै राष्ट्रप्रमुखले चिनियाँ सेनाको विशेष सलामी ग्रहण गरेका थिए । साथै उनीहरुलाई स–साना बालबालिकाले दुवै देशका झण्डा फहराएर स्वागत गरेका थिए ।

दशकौँदेखि शक्तिमा रहन सफल यी दुई नेताबीच सम्बन्ध थप बलियो भएको छ । यी दुई देश आर्थिक रुपमा पनि सम्पन्न हुदै गएपछि अमेरिकामाथि पनि आर्थिक प्रतिद्वन्द्वीको रुपमा चुनौति थपिएको छ ।

सि र पुटिन आफ्नो देशलाई अझै सफल र बलियो बनाउन सँगसँगै हिडेका साथीको रुपमा रहेका ‘कार्नेगी मस्को सेन्टर’ का वरिष्ठ अधिकारीले बताएका छन् ।

रुसी राष्ट्रपति पुटिनले एक असल मित्रको भूमिका भिाएको भएको चिनियाँ राष्ट्रपति सिले हालै दिएका एक अन्तरवार्तामा बताएका हुन्।

पछिल्लो समयमा अमेरिकासँग रुसको सम्बन्धमा दरार उत्पन्न भएको छ । अमेरिकाको यस सम्बन्धका कारण पनि यी दुई देश आपसमा झनै नजिकिन पुगेका पनि समाचारहरुमा जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस