२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्सरी व्यवसाय प्रवर्द्धन गर्न तिहार फ्लोरा एक्स्पो

अ+ अ-

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो-२०८२ आयोजना गर्ने भएको छ । 

तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धनको उद्देश्यले यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म एक्सपो आयोजना गर्न लागिएको संघले जनाएको छ ।

संघका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले गत वर्षको तुलनामा यस वर्ष अझ व्यापक सहभागिता बढाउने किसिमले प्रचारप्रसार भइरहेको बताइन् । उनका अनुसार नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनसहित स्वच्छ वातावरणीय आम्दानी तथा रोजगारी सिर्जनालाई यस एक्स्पोको प्रमुख उद्देश्य बनाइएको छ । 

“वनस्पति र बोटबिरुवाको संरक्षण, पुन:रोपण र दिगो उपयोगका माध्यमबाट मानव र वातावरणबीचको सन्तुलन कायम गर्न नर्सरी व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छ । यसका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक छ”, संयोजक महर्जनले भनिन्, “नर्सरी व्यापारिक गतिविधि नभई मानव सभ्यताको संरक्षणसँग पनि सम्बन्धित विषय हो । वनजंगल र जैविक विविधता जोगाउन, हरियाली बढाउन र जलवायु सन्तुलनमा योगदान पुर्‍याउन नर्सरी व्यवसायीको योगदान छ ।”

संघले नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति, कानुनी व्यवस्था र अन्तरराष्ट्रिय व्यापार मापदण्डअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै गुणस्तरीय बीउ, बिरुवा, वनस्पति संरक्षण र अनुसन्धानमा लगानी बढाउनुपर्ने संघले बताएको छ । 

संघले हालको राजनीतिक अनिश्चितता र अस्थिरताले व्यवसायी समुदायमा मनोबल कमजोर बनाएको भए पनि यस्तो परिस्थितिमा सबैपक्षले व्यावसायिक वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिएको छ । महर्जनले भनिन्, “देशमा बढ्दो राजनीतिक अस्थिरताका कारण सिर्जिएको मनोवैज्ञानिक दबाबलाई कम गर्न व्यवसायीबीच सहकार्य र आत्मविश्वास बढाउनु जरुरी छ ।”