२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ । निकुञ्ज प्रशासनले सोमबारदेखि पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला गरेको हो ।

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरी खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

“वर्षाले बिग्रेको बाटो र पुल मर्मत गर्नुपर्ने भएकाले निकुञ्जमा सफारी हुन सकेको थिएन”, उनले भने, “अहिले पनि मर्मत कार्य भइरहेको छ । तोकिएको रुटमा मात्रै सफारी खुला गरिएको हो ।” उनका अनुसार अहिले निकुञ्ज सफारीका लागि दुई रुट मात्रै खुला गरिएको छ ।

अन्य रुटमा मर्मत कार्य चलिरहेकोले पर्यटकले मझगाउँ बठनिया ताल–बाबा ताल दुधिया क्याम्प रानी ताल हुँदै सिंहपुरसम्म पुगी सोही रुटबाट फिर्ता हुनुपर्ने छ । त्यसै गरी मझगाउँ पलियाफाँटा–हात्तिसार चोक बर्कोला पोष्टसम्म पुगी सोही रुटबाट फिर्ता हुने गरी निकुञ्ज सफारी खुला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

विगतका वर्षमा असोज १ गतेदेखि निकुञ्ज सफारी खुला गरिने भए पनि यस पटक वर्षाले निकुञ्जभित्रका पर्यटक पथ बिग्रेका कारण ढिलो गरी सफारी सुरु भएको हो । तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिँगाका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिँगा छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि निकुञ्जमा छन । जसमा पाटेबाघ, एकसिंघे गैँडा, हात्ती बाह्रसिँगा, कृष्णसार, सालक, निलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेललगायत रहेका छन् ।