१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्न राष्ट्रपति ट्रम्पको आदेश

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताएका छन् ।

उनले भने– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस विज्ञप्तिलाई पनि हामीले अनुमोदन गर्नेछैनौँ ।

राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनका लागि क्यानाडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तिलाई अनुमोदन नगर्नु भनी निर्देशन दिएको जानकारी दिएको बताइएको छ ।

क्यानडाले यसअघि भनेको विषयमा अडान दोहोराएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् ।

तर अरु सदस्यहरुले भने शिखर बैठकपछि जारी गर्ने भनिएको संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेको विषयबाट अमेरिका पछि हटेको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकामाथि ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका देशहरूले ठूलो मात्रामा कर लगाइरहेको तर आफूले उनीहरुमाथि करको कुरा गर्दा यस्तो व्यवहार गरेको पनि बताएका छन् ।

ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका सदस्य राष्ट्रहरुले अमेरिकाले स्टील र एलुमिनियम आयातमा हालै लगाएको करको विषयलाई लिएर नीतिमा आधारित व्यापार प्रणाली नामको संयुक्त वक्तव्यमा सहमति गर्ने सहमति भएको थियो ।

त्यस सहमतिपछि भने दुवैतर्फको कर लगाइने भन्ने बारेमा केही समाधान निस्किएको बताइएको थियो ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले अमेरिकाले कर लगाएमा क्यानाडाले पनि जुलाइ १ देखि कर लगाउने बताएका थिए । त्यस भनाईप्रति अमेरिकाको कडा विरोध आएको हो ।

उनले राष्ट्रिय सुरक्षामा चासो भनेर यस्तो सुरक्षाका नाममा अमेरिकाले स्टील र एलुमिनियममा कर लगाएको विषय कहिल्यै पनि न्यायसंगत हुन नसक्ने धारणा राखेका थिए ।

राष्ट्रपति ट्रम्पको यो पछिल्लो निर्णयका बावजुद पनि युरोपेली संघ उक्त संयुक्त वक्तव्यप्रति कटिबद्ध भएर रहने पनि जि सेभेनमा उपस्थित नेताहरुको अडान छ ।

पर्सी मङ्गलबार सिङ्गापुरमा हुन लागेको उत्तर कोरियाली नेतासँगको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले जि सेभेन सम्मेलनमा रहेका अमेरिकी प्रतिनिधिहरूलाई जी सेभेनको संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएका हुन् ।

आइतबार बिहान ट्वीट गर्दै उनले आफ्नो यो विचार रहेको भनेर उक्त कर प्रणाली र जि सेभेन समूहका बारेमा आधिकारिक धारणा स्पष्ट गरेको जनाएको छ ।

ट्वीटमा राष्ट्रपति ट्रम्पले क्यानाडेली प्रधानमन्त्रीले झूठो वक्तव्य दिएको आरोप पनि लगाएका छन् । उनले अमेरिकका किसानका उत्पादनहरु, यहाँका मजदुर र अमेरिकी कम्पनीहरूमाथि क्यानाडाले व्यापक मात्रामा कर लगाएको बताएका छन् ।

आफ्नो ट्वीट अकाउन्टमा राष्ट्रपति ट्रम्प क्यानाडेली प्रधानमन्त्री ट्रयुडेउसँग निकै नै अनुदार देखिएका छन् । उनले जि सेभेनको बैठकमा क्यानाडेली प्रधानमन्त्री नरम र भद्र देखिएको भए पनि पछि भने अमेरिकी करहरूको व्यापक आलोचना गरेको र त्यसले अमेरिकी अर्थतन्त्रकै अपमान भएको बताएका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस