काठमाडौँ । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् ।
उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन् ।
विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







