२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप खुवाइयो

अ+ अ-

काठमाडौँ । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिए । 

खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्यांकमा पर्सामा अभियान सुरु भएको छैँठो दिनमा छ लाख ५२ हजार १२९ जनामा हालसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन् । यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ मा दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन् ।

पर्सामा फैलिएको हैजा महामारीको प्रतिकार्य स्वरूप जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तहहरू, कलैया उप-महानगरपालिका, जितपुर-सिमरा उप-महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबैलाई हैजाविरुद्ध खोप दिइँदै छ ।

असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ सञ्चालन भइरहेको खोप शाखा प्रमुख डा. गौतमले जानकारी गराए। उनले भने, “हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छौँ । कति सकिन्छ त्यसका आधारमा तिहारपछि सञ्चालन गर्ने योजना छ ।”

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरेको हो । सरकारी तथा गैरसरकारी संघ-संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र, मन्दिर, मस्जिद, बसपार्क, नेपाल-भारत सिमानाका मुख्य नाका, उद्योग, कारखाना, इँट्टाभठ्ठा जस्ता स्थानहरूबाट खोप खुवाइँदै छ ।