काठमाडौँ । त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख भन्दा धेरै यात्रुले सेवा लिएका छन् । मुख्य चाडबाडको दसैँ र तिहारको समयमा यो विमानस्थलबाट अधिक यात्रुले यात्रा गर्छन् ।
तथ्यांक अनुसार अक्टोबर २०२५ मा ७ लाख ६१ हजार ४१४ जना यात्रुले सेवा लिएका थिए । यो विमानस्थलले आन्तरिक तर्फ ३ लाख २३ हजार १२ जना यात्रुलाई सेवा दिएको छ । यसमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौँबाट उडेका छन् । १ लाख १८ हजार ४२४ यात्रु भने काठमाडौँ भित्रिएको तथ्यांक छ ।
यस महिनामा ४ हजार २०९ उडान काठमाडौँबाट भएका छन् । काठमाडौँमा ४ हजार २०८ जहाज अवतरण गरेको तथ्यांक छ । कुल उडान अवतरण ८ हजार ४१७ भएका छन् ।
अन्तर्राष्ट्रियतर्फ अक्टोबर २०२५ मा १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् । विदेशबाट नेपालमा २ लाख ४० हजार ३९४ यात्रु आएको देखिन्छ । कुल यात्रु सङ्ख्या ४ लाख ३८ हजार ४०६ रहेको छ ।
यसबाहेक २ हजार १३६ यात्रुले भने यस विमानस्थलमा ट्रान्जिट सुविधा लिएका छन् । त्रिभुवन विमानस्थलमा यो महिनामा कुल १ हजार ५८५ उडान, १ हजार ५८५ अवतरण हुँदा कुल ३ हजार १७० उडान अवतरण भएको तथ्यांक छ । नेपालमा ३१ अन्तर्राष्ट्रिय उडानका कम्पनीले सेवा दिएको त्रिभुवन विमानस्थलको तथ्यांक छ ।







