काठमाडौँ । घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका-३ नयाँबस्तीका ४१ वर्षीय मुन्सीराम चौधरीको इम्लीको रुखबाट खसेर मृत्यु भएको हो । उनको आज घाँस काट्ने क्रममा खसेर मृत्यु भएको ईप्रका भालुबाङले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । मृतक चौधरी गोरखा आइडल स्कुल लालमटियाका बस चालक हुन् ।







