२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदिनाथको मन्दिरमा मेला भर्न दुई लाख भक्तजन सहभागी

अ+ अ-

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले सहभागिता जनाएका छन् ।

आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको उक्त मेलामा मन्दिरमा दर्शनका लागि काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट भक्तजन सहभागी भएका हुन् । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ भनिन्छ । 

हिन्दु तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रूपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीकका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतिकका रूपमा पूजाआजा गर्ने चलन छ । दुवै धर्मका भक्तजनको सम्बन्ध पाइने उक्त मन्दिरलाई अर्धनारेश्वरसमेत भनिन्छ । यो एक महिनाको अवधिमा मन्दिरमा दर्शन गर्दा रोगव्याधी तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ । भय, रोग र विघ्नबाट मुक्त भई परिवारमा सुख तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

सोही अवधिमा लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धन सम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ । मन्दिरमा दर्शन तथा पूजाआजा गरेमा आर्थिक समृद्धि प्राप्त हुने विश्वासका साथ भक्तजनले दर्शन गरेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । भक्तजनले विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजन कीर्तन तथा पूजा गर्ने प्रचलन छ ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको ऐतिहासिक र पुरातात्त्विक महत्वको मन्दिरमा विभिन्न भाँडाकुँडा तथा गरगहना चढाउने गरेको पाइन्छ । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त स्थलबाट विभिन्न हिमशृङ्खला तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।