२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘माओवादी र समाजवादीसँग वैचारिक मतभेद कायमै छ’ : नेकपा नेता भरत सी

अ+ अ-

काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत सीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वैचारिक मतभेद कायमै रहेको बताएका छन्।

समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको लागि संवाद चलिरहेका बेला नेता सीले यस्तो बताएका हुन्।

‘उनीहरू सुशीला कार्की नेतृत्वको सरकारको निरन्तरतामा चुनाव चाहिरहेका छन्। हामीले सर्वपक्षीय सरकार भनिरहेका छौँ। सर्वपक्षीय सरकारपछि मात्रै चुनावको विश्वसनीय आधार बन्छ भन्ने हाम्रो मत छ। यहाँनेर उनीहरूसँग हाम्रो वैचारिक र राजनीतिक मतभेद देखियो,’ नेता सीले भने।

तथापि, विचार मिल्नेसँग एकता गर्ने विषयलाई पार्टीले बन्द नगरेको उनको भनाइ छ। तत्काललाई माओवाद केन्द्र र एकीकृत समाजवाद मिलुन् भनेर शुभकामना दिएर आफूहरू पार्टी केन्द्रित गतिविधिमा लागेको उनको भनाइ छ। उनी थप्छन्, ‘माओवादी केन्द्र र समाजवादी चाहिँ एकतातिर जान खोजेको देखिन्छ। त्यो राम्रै हो शुभकामना दिएका हौँ।’

माओवादी र समाजवादीसँग एकता तत्काल हुन सक्दैन भन्नुको अर्को आधारमा रूपमा उनले बुझाइलाई लिइएको बताएका छन्।

उनी भन्छन्, ‘एकता के को लागि, किन गर्ने भनेर प्रष्ट हुने गरी गर्नुपर्छ। एकता आवश्यक छ। तर एकता गर्दा विचारलाई केन्द्रमा राख्नुपर्छ। सङ्ख्यालाई केन्द्रमा राख्नुहुँदैन। विचारलाई केन्द्रमा राखेर परिणाम दिने गरी एकता गर्नुपर्छ।’

अहिलेको सरकार जेनजी विद्रोहको भावनाविपरित बनेको निष्कर्ष समेत निकालिसकेको अवस्थामा आफ्नो पार्टीले यही सन्देश जनतामा प्रवाह गर्न भेला लगायतका कार्यक्रम राखेर अगाडि बढिएको उनले बताए।

नेकपाले यही २० कात्तिकमा काठमाडौँमा भेला गर्दै छ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका छन्। २० कात्तिकको प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरेका छन्।