२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप ९ ठेक्का तोडिँदै

अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालय मातहतका थप ९ ठेक्का तोडिने भएको छ । मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले बुधबार एक सूचना प्रकाशित गर्दै निर्माण कम्पनीसँग ७ दिन भित्र ठेक्का किन नतोड्ने ? भन्ने जवाफ माग गरेको छ ।

निर्माण कम्पनीहरूलाई आयोजनाले पटक पटक ताकेता गर्दा समेत काम नगरेको र निर्माणको प्रगति समेत सन्तोषजनक नरहेको भन्दै सो सूचना जारी गरेको हो । ७ दिनभित्र स्पष्ट जवाफसहित उपस्थित हुन भनिएको छ ।

त्यसो नगरे ठेक्का सम्झौताको शर्त बमोजिम कारबाही हुने चेतावनी आयोजनाले दिएको छ । यसरी सूचना जारी भएको ठेक्कामा मुलपानी, गुम्दी, कटुन्जे र भोगटेनी स्वास्थ्य चौकी भवन निर्माण धादिङ रहेका छन् ।

कुम्पुर स्वास्थ्य चौकी पुनर्निर्माण धादिङ, हाकु, स्याफ्रुवेसी, ठूलोगाउँ र राम्चे स्वास्थ्य चौकी भवन रसुवाको ठेक्का समेत तोड्ने प्रक्रिया थालिएको छ । गोगनपानी, साकोस र त्रिपुरेश्वर स्वास्थ्य चौकी भवन निर्माण धादिङको ठेक्का तोडिँदै छ ।

टुल्कुछोलिङ गुम्बा पुनर्निर्माण रसुवा र वृहत् राजधानीको अवधारणामा नुवाकोट जिल्लामा शहरी पूर्वाधार निर्माणको ठेक्का समेत तोडिने भएको छ । धुन्चे सिटी हल, स्फटिक खम्बा आगिन्चोक धार्मिक पुरातात्विक पर्यटकीय क्षेत्र पूर्वाधार निर्माण धादिङ र एकीकृत रसुवा भन्सार कार्यालय निर्माणको ठेक्का समेत तोडिँदै छ ।