काठमाडौँ । अहिले सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको छ ।
सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय वार्तामा ५ जना मन्त्रिमण्डलबाट र १५ जना राजनीतिक दलका नेताहरू सहभागी भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित छन् ।
यस्तै राजनीतिक दलका नेताहरूमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत सहभागी भएका छन् ।
यस्तै छलफलमा १३ जना जेनजीहरू सहभागी भएका छन् । छलफलमा सहभागी हुनेहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो ।







