काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
बिहीबार सिंहदरवारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो ।
जहाँ उनले भनेका छन्, ‘सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर बैठक राखौँ । सरकारको धारणा बुझौँ ।’
सरकारसँग छलफल गर्नुपर्ने कारणमा उनी भन्छन्, ‘शान्ति सुरक्षाको कुरा छ । छलफल पर्नुपर्ने अनेक विषय छ ।’







