२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्रीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले दिएको जिम्मेवारीअनुरूप महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार भएको छलफलका क्रममा कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

‘सभापतिले तपाईँलाई अधिवेशन गराउने जिम्मेवारी दिनु भएको हो। अधिवेशन गर्ने वातावरण बनाउनुस्,’ महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कासँग भनेका छन् ।

जवाफमा कार्यवाहक सभापति खड्काले आफू महाधिवेशनकै पक्षमा रहेको बताए । उनले पार्टीका नेताहरूसँग आफू छलफलमै रहेको पनि बताए । छलफलका क्रममा संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशन गर्न सहमत नरहेका पनि बताए ।

‘म पनि महाधिवेशन गराउने पक्षमा छु । साथीहरूको कुरा सुनिरहेका छु,’ खड्काको भनाइ उद्धृत गर्दै एक महामन्त्रीले भने, ‘उहाँहरूले मानिरहनु भएको छैन । साथीहरूसँग तपाईँहरू पनि कुरा गर्नुस्।’

कार्यवाहक सभापति खड्कासँगको छलफल अघि थापा र शर्माले इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालासँग बैठक गरेका थिए । उनीहरूलाई नेता कोइरालाले आगामी पुस १६ मा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउन र कार्यवाहक सभापति खड्कासँग त्यसबारे छलफल गर्न भनेका थिए।

इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्न महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मा दिएको छ।

यसअघि महामन्त्री थापाले बिहीबार पनि कार्यवाहक सभापति खड्कासँग महाधिवेशनको कार्यतालिकाबारे छलफल गरेका थिए । तर, दुई नेताबीच कुरो मिल्न सकेको थिएन।

कार्यतालिका पेस गर्ने अवस्था नदेखिएपछि महामन्त्री थापा बिहीबारको बैठकमा अनुपस्थित भएका थिए । स्रोतका अनुसार शुक्रबारको बैठकमा पनि कार्यतालिका पेस हुने सम्भावना न्यून छ।