२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित

अ+ अ-

रुपन्देही । सम्मरीमाई गाउँपालिका-६ स्थित अवधपुरका  किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि चिन्तित भएका छन् ।

केवटले भने, “बाली स्याहार्ने समयमा वर्षा भएपछि ठूलो क्षति भएको छ, वर्षाले धान मात्रै होइन हाम्रो मेहनत पनि बगाएको छ ।” उनले घाम नलाग्दा करिब २५ प्रतिशत धानमा टुसा उम्रिने र कुहिने अवस्था पुगेको बताए । “मेसिन चलाउने अवस्था छैन, खेत पूरै हिलाम्य भएको छ । हसियाँले धान काट्दा खर्च दोब्बर भइरहेको छ”, उनले भने ।

धान भित्र्याउने र नयाँ बाली रोप्ने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रका किसान चिन्तित भएका छन् । वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि उनीहरू झनै चिन्तित भएका हुन् ।

किसान रामप्रसाद चौधरीले धान भित्र्याउने र त्यसपछि गहुँ रोप्ने तयारीमा रहे पनि तत्काल सम्भव नदेखिएको बताए । उनले भने, “माटोमा पानी जति रह्यो, बीउ राख्न पनि ढिला हुन्छ । बेमौसमी वर्षाले हामी किसानले गरेको मेहनतमाथि खेलवाड नै भएको जस्तो लाग्छ ।”

लामो समयदेखि हसियाँले धान काटेर भित्र्याउने किसान अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । कम समयमा धेरै धान काट्न सकिने हुनाले उनीहरूले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आइरहेका छन् । तर, खेत भिजेका कारण कम्बाइन मेसिन चलाउन नसकिएको र हसियाँले नै धान काट्नुपर्ने बाध्यता आएको किसानको गुनासो छ । मजदुर अभाव हुनुकै साथै लागत पनि बढेको उनीहरूको भनाइ छ ।

“हामी किसानका लागि खेती केवल पेसा होइन, हाम्रो जीवन हो । तर, हरेक वर्ष सिँचाइको पर्याप्त सुविधा नभएका कारण आकाशे पानीको भरोसा गर्नुपर्ने बाध्यता पनि छ”, किसान मिथिलादेवी केवटले गुनासो गरिन् । 

त्यसै गरी नयाँ सिजनको तयारी स्वरूप रोपिएका तरकारीका बिउ पनि पानीमा डुबेर बिग्रिने खतरा देखिएको छ । किसानले करिब २५ प्रतिशतसम्म क्षति हुने अनुमान गरेका छन् ।

कोटहीमाई गाउँपालिकाका सहायक कृषि विकास अधिकृत गिरिजा पाण्डेयका अनुसार कम चिस्यान भएका खेतका लागि यो वर्षा केही हदसम्म फाइदाजनक भए पनि काट्ने अन्तिम चरणमा रहेका धानबालीमा आंशिक क्षति पुगेको पुष्टी भएको छ । उनले भने, “धान भित्र्याउने किसानलाई नोक्सान पुगेको छ । तर, गहुँ र सागसब्जीका लागि केही लाभ पुग्छ ।”

किसानका लागि अहिले राहतभन्दा बढी चिन्ता छाएको छ । हरेक वर्ष बेमौसमी वर्षा, धान रोप्ने बेला मलको अभाव र उत्पादनको उचित बजार मूल्य नपाउँदा किसानमा चिन्ता बढेको छ । कृषिप्रधान देशमा कृषि क्षेत्रको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्ने कोटहीमाई गाउँपालिका-१ का हृदयराम गुप्ताले बताए ।