१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

अ+ अ-

बागलुङ । पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले  स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।

नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्य चौकीलाई १५ शय्यामा स्तरोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ ।

अस्पताल प्रमुख डा. सफल सापकोटाका अनुसार अस्पतालले यस अगाडि प्रयोगशाला र फार्मेसी सेवा प्रदान गर्दै आएको थियो । “बागलुङ नगरपालिकाले एक जना मेडिकल अधिकृत र गण्डकी प्रदेश सरकारबाट एक जना गरी दुईजना मेडिकल अधिकृत कार्यरत छौँ, अस्पतालले अहिले गर्भवतीका लागि भिडियो एक्सरे सेवा र एक्सरे सेवा प्रदान गर्दै आएका छौँ”, डा. सापकोटाले भने, “समयमै भवन निर्माण नहुँदा चुनौतीका बीच सेवा विस्तार भइरहेको छ, आधारभूत अस्पतालबाटै दुई जना मेडिकल अधिकृतले सेवा दिनु भनेको राम्रो हो, स्वास्थ्य बीमाको सेवा विस्तारको योजनामा छौँ ।”

हालै एक जना मेडिकल अधिकृत थप गरिएको र एक्सरे उपकरण, रेडियोग्राफरबाट एक्सरे सेवा प्रदान गरिएको बागलुङ-१३ का वडाध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरेर २०७८ साल असारबाट रु १८ करोड लागतमा भवन निर्माण थालिएको थियो । निर्माण कम्पनीले भवन २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गतेसम्म म्याद थप गरिएको छ । समयमै भवन नबन्दा भौतिक संरचनाको भने अभाव खड्किएको छ ।