२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री खरेलले भने : ‘सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण’

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताएका छन् । 

मन्त्री खरेलले सबै तहबाट निर्वाचन राष्ट्रिय प्राथमिकतामा छ, यसमा द्विविधा नहोस् र निर्वाचनको वातावरण निर्माण गर्न सरकारदेखि सरोकारवाला सबै पक्ष क्रियाशील रहेको बताए ।  

नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमका सम्पादकीय नेतात्वसँगको छलफलमा मन्त्री खरेलले भने, ‘‘ जेन जेड आन्दोलनको जगमा यो सरकार गठन भएको र २०८२ फागुन २१ मा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरेर निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ ।’’ 

निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दल, जेन जेड समूह र अन्य सरोकारवालासँग पटक पटक छलफल गरिरहेको जानकारी दिँदै मन्त्री खरेलले भने, ‘‘एउटा दलले सुरक्षाको प्रत्याभूतिमा बढी जोड दिएको छ, निर्वाचनमा जान सबै दल तयार रहेको अवस्था छ, यस्तो बेलामा सरकारको स्वामित्वमा रहेका मिडियाको जिम्मेवारी अझ बढी छ ।’’

मन्त्री खरेलले जेन जेड समूहको आवाज, सहिद परिवारका भनाइ, उनीहरूका कथा, पीडा, घाइतेका विचारलाई अझ बढी प्राथमिकता राखेर प्रकाशन, प्रसारण गर्न सम्पादकहरूसँग आग्रह गरे । 

उनले युवा पुस्तालाई आकर्षित गर्न सिर्जनात्मक सामग्री (क्रियटिभ कन्टेन्ट) लाई प्राथमिकता दिन पनि जोड दिए । 

छलफलमा गोरखापत्र, द राइजिङ नेपाल, गोरखापत्र अनलाइन, राष्ट्रिय समाचार समिति, सार्वजनिक प्रसारण (रेडियो नेपाल र नेपाल टेलिभिजन) का सम्पादकीय नेतृत्वले आ–आफ्ना  मिडियाले दिएका प्राथमिकता र निर्वाचन तयारीको विषयमा मन्त्री खरेललाई जानकारी गराएका थिए । 

मन्त्री खरेलले यसअघि पनि विभिन्न सञ्चार माध्यमका वरिष्ठ पत्रकार र सम्पादकसँग छलफल गरेका थिए ।