२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो 

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ ।

व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन थालेपछि माटोको उर्वराशक्ति र उत्पादनमा वृद्धि शुन थालेको हो ।

शुक्लाफाँटा-९ का वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार किसानलाई अहिले प्रतिट्याक्टर रु चार हजार ५०० मा प्राङ्गारिक मल उपलब्ध गराउने व्यवस्था गरिएको छ । “किसानलाई रासायनिक मलको असर र प्राङ्गारिक मलका फाइदाबारे निरन्तर सचेतना दिइरहेका छौँ”, उनले भने, “रासायनिक मलले माटोको गुणस्तर घटाउँछ भने प्राङ्गारिक मलले दीर्घकालीन रूपमा उर्वर बनाउँछ ।”

पछिल्लो समय सचेतना फैलाउन थालेपछि प्राङ्गारिक मलको माग पनि बढिरहेको बताउँदै ऐरले अहिले १५ देखि २० ट्याक्टर मल मौज्दात रहेको जानकारी दिए । उनका अनुसार पराल दिने किसानलाई नि:शुल्क मल वितरणको व्यवस्था गरिएको छ । 

“एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही परिणाममा नि:शुल्क मल दिन्छौँ”, वडाध्यक्ष ऐरले भने, “यसले पशुचौपायाका लागि परालको आपूर्ति सहज बनाएको छ भने केन्द्रलाई पराल खरिदमा लाग्ने खर्च पनि घटाएको छ ।” मल बिक्रीबाट प्राप्त रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्ने जनाउँदै उनले उक्त रकम वडाको पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने उल्लेख गरे 

नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको उक्त केन्द्रमा हाल करिब चार सयभन्दा बढी पशुचौपाया राखिएका छन् । चौपायाको चारो, घाँस, औषधोपचार, हेरचाह र हेरालाका लागि नगरपालिकाले खर्च व्यवस्थापन गर्दै आएको छ । 

पछिल्लो समय उत्पादनमा सुधार हुन थालेपछि किसानले पनि प्राङ्गारिक मलको फाइदा अनुभव गर्न थालेका आलुखेतीमा संलग्न लालबहादुर ऐरले बताए । प्राङ्गारिक मलको प्रयोगपछि माटोको गुणस्तरमा सुधार आउनुका साथै विगतका वर्षको तुलनामा उत्पादन पनि बढेको उनको भनाइ छ । “पाँच बिघामा आलुखेती गरेको बताउँदै उनले केन्द्रबाट ल्याइएको मल प्रभावकारी देखिएको महसुस भइरहेको धारणा राखे ।

“पहिले रासायनिक मल प्रयोग गर्दा बाली राम्रो लाग्थ्यो, तर वर्षौँपछि माटोको गुणस्तरमा नकारात्मक असर पर्दै गयो”, किसान भागिराम चौधरीले भने, “जबदेखि प्राङ्गारिक मलको प्रयोग गर्न थाल्यौँ, माटो फेरि जीवित जस्तो भएको अनुभूति गरेका छौँ ।”

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्नुका साथै मानव स्वास्थ्य र वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरले बताए। उनका अनुसार नगरपालिकाले दीर्घकालीन योजना बनाएर अभियानका रूपमा रासायनिक मलको प्रयोग घटाउने र वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।